काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सोमबार बिहानका लागि आह्वान गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच आइतबार साँझ भएको छलफलपछि गठबन्धनको बैठक बोलाइएको हो ।
सोमबार बिहान ९ बजेका लागि गठबन्धनको बैठक बोलाइएको छ । बैठकमा सरकार विस्तार लगायतका विषयमा छलफल हुने बताइएको छ । आइतबार बिहान समेत उनीहरूबीच मन्त्रिमण्डललाई पूर्णता दिने लगायतका विषयमा छलफल भएको थियो ।
आइतबार साँझ पौन ७ बजेदेखि शुरु भएको छलफल सवा सात बजे सकिएको वालुवाटार निकटका एक नेताले जानकारी दिए ।




