रिबन

माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्न नमिल्ने सभामुखको निर्णय

काठमाडौ । सभामुख अग्नि सापकोटाले नेकपा एमालेले कारबाही गरेको भन्दै कारबाही गरेका १४ जना सांसदहरुलाई कारबाही गर्न नमिल्ने निर्णय गरेका छन् ।

एमालेले पार्टी विभाजनमा लागेको आरोपसहित माधवकुमार नेपाललगायत १४ जना सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न माग गर्दै भदौ १ गते संसद सचिवालयलाई पत्राचार गरेको थियो ।

एमालेले दलको कारबाहीको पत्र प्रकाशन गर्न सभामुखलाई दबाब समेत दिदै आएको थियो । सभामुख सापकोटाले कारबाहीबारेको पत्र प्रकाशन नगरेका कारण नेता नेपालसहितका १४ जना सांसद पदमुक्त भएका थिएनन् ।

एमालेले कारबाही गरेको पत्र संसद सचिवालयमा पठाएको भएपनि माधवकुमार नेपालसहितका १४ जना सांसदहरुले भदौ २ मा दल विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । निर्वाचन आयोगले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकिकृत समाजवादी दललाई दल दर्ताको प्रमाणपत्र समेत दिइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *