रिबन

केपीलाई अध्यक्ष आशन होइन,विश्राम देउ

काठमाण्डौं । एमाले अध्यक्ष केपी शर्मा ओली भन्छन–केही पात झरेर गए केही फरक पर्दैन । उनले शनिवार यति गम्भीर अभिब्यक्ति अरु कसैलाइ दिएका होइनन,पाच दशकसम्म एमालेमा रगत पसिना वगाएका माधव नेपाल र झलनाथ खनाललाई दिएका हुन ।

उनको यति सानो अभिब्यक्तिले नै माधव नेपालप्रति अध्यक्ष ओलीको धारणा के रहेछ प्रष्ट पार्दछ । सामान्यत पार्टी नेतृत्व भनेको अभिभावक हो । उसले पार्टीका अन्य नेता र कार्यकर्ताको हितमा काम गनुपर्छ ।


जनता मालिक हुन । उनले आफना लागि छानेको प्रतिनिधि नेता हुन । ति नेताले त्यही मात्र काम गर्न पाउछन जुन जनताले चाहन्छन र उनीहरुलाई संविधान कानुन र अन्र्तराष्ट्रिय कानुनले अनुमित दिन्छ । नेताले आफना मालिकलाई नसोधी दूरगामी असर पार्ने काम गर्न पाउदैनन ।

हो,यसैगरि पार्टीका नेताले त्यही काम मात्र गर्न पाउँछन जुन पार्टी विधानले अनुमति दिन्छ र पार्टी कार्यकर्ताले म्यान्डेट दिन्छन । यसकारण नेता कार्यकर्ताप्रति र कार्यकर्ता जनताप्रति उत्तरदायी हुनुपर्छ । यसकारण नेता मालिक होइनन,सेवक हुन । सार्वजनिक पद धारण गरेका नेताले आफना मालिकको सेवा गर्नुपर्छ ।

तर,यति सामान्य कुराको समेत हेक्क नराखी शनिवार एमाले अध्यक्ष नेता पुर्वप्रधानमन्त्री केपी ओलीले पहेंला पात झरेर गए भनेर हल्का टिप्पणी गरेका छन । उनको यहि अभिब्यक्तिले जनता त परको कुरा कार्यकर्ताप्रति उनको धारणा के रहेछ स्पष्ट हुन्छ ।अर्थात उनी कार्यकर्तालाइ खल्तीको सिक्का ठान्दछन जो आवश्यक परेको बेलामा खर्च गर्न वा खल्तीमा लुकाएर राख्न सक्छन । के कार्यकर्ता भनेको यस्ता वस्तु हुन ? यस्तो कमजोर चेत भएको मानिसल हाँकेको दलमा कार्यकर्ता कसरी सम्मानित हुन सक्छन ? तिनको स्थान कसरी उच्च हुन सक्छ ?

एउटा कम्युनिष्ट कार्यकर्ता वनाउन कति कठिन भन्ने कुरा संगठन निर्माण गर्नेलाइ थाह हुन्छ । पञ्चायतको त्यो कालकोठरी कालमा मरे चपरी मुनिको वास र बाँचे हस्तिनापुरको राज भनेर टाउकोमा कफन वाँधेर कार्यकर्ता कति मुल्यवान छन भनेर केपी ओलीलाइ किन पनि थाह भएन भने जिवनमा संगठन नै बनाएनन ।

पञ्चायत विरुद्ध वहश नै वन्देज भएको बेलामा त्यसका विरुद्ध आगो ओकल्ने कार्यकर्ता तयार पार्न संगठकलाइ कति कठिन भयो होला ? त्यस्ता मुल्यवान कार्यकर्तालाइ आज रुखको पहंलो पात भन्नु भनेको कतिसम्मको अवमुल्यन हो ? र,सवैभन्दा मुल्यवान कुरा के छ भने यस्तो कमजोर राजनीतिक चेतना शुन्य नेतृत्वको भाषण सुनेर पनि ताली बजाउने कार्यकर्ता कतिसम्म अन्धभक्त हुन ?

किनभने आज माधव नेपाललाई गाली गर्नेले भोलि अहिले ताली बजाउनेलाई वाँकी राख्ला ? यसैले मंसिरमा महाधिवेशन भनेर एमालेले भनेको छ र यहि नै उपयुक्त मौका हो कि नेतृत्व परिवर्तन गर्ने र पटक पटक टेष्ट भएर फेल भएका यस्ता नेतालाइ विश्राम दिने । के एमालेले यस्तो गर्ला ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *