काठमाण्डाैं। नेकपा माअेावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि पनि प्रतिगमन हुन सक्ने चेतावनी दिएका छन।केही दिन चितवन वसेर राजधानी फर्किएका अध्यक्ष दाहालले शनिवार राजधानीमा वाएसिएल नेपालकाे पुर्नगठन समाराेहमा सम्वाेधन गर्दै यस्ताे संकेत गरेका हुन । उनले अहिले आफुहरू विजयी मुडमा रहेका बताए। उनले याे मुडमा माधव नेपाल समेत रहेकाे बताएका छन।
अध्यक्ष दाहालले यति भन्ने वित्तिकै भने-तर यसरी बस्न हुन्न।अलि अघि संसद पुर्नस्थापना भयाे भनेर माधवजी र म लड्डु खादै थियाैं । यसकाे स्वाद लिन नपाउँदै कहाँबाट कहाँबाट टाउकाेमा डयाम्म घनले हाने।उनले केपी प्रवृत्ति हावी भएपछि पार्टी दुइ टुक्रा भएकाे बताए। उनले यसाे भन्दा हलमा रहेका दर्शक मज्जाले हासेका थिए।
अध्यक्ष दाहालले यसपटक पनि फुर्किने समय नभएकाे बताए।उनले नसाेचेकाे ठाउमा प्रहार हुन सक्ने बताए । उनले सत्यमेव जयते भने जस्तै सत्य कै जित हुन्छ तर यसाे भनेर मख्ख परेर वस्याे भने प्रतिक्रान्ति हावी हुने बताएका छन।




