नेपाली कांग्रेसको चौधौं महाधिवेशनसम्बन्धी संसय अझै कायम नै देखिन्छ । घोषित कार्यतालिकामा पुनः संशोधन आउने सम्भावनासँगै नेतृत्व तह असहमत छैन । कार्यकर्तालाई ढुक्क भएर महाधिवेशनमा जुट्न आह्वान गर्न सक्ने अवस्था देखिँदैन । सार्वजनिक सञ्चारका माध्यमहरुमा आएका अभिव्यक्तिहरुले विश्वस्त हुन सहयोग पु-याएको छैन । पार्टी कार्यालयमा कायम रहेको जिल्ला सभापतिहरुको रिले अनसनले विश्वासको वातावरण बनाएको छैन । अठचालिस जिल्लाका लागि मात्र केन्द्रीय निर्वाचन अधिकृत निश्चित गरिएको विषयले थप अन्यौल बढाएको छ । विधान, निर्देशिका तथा अधिवेशन कार्यतालिकाले फरक फरक जिल्लामा फरक फलक मिति र समयमा अधिवेशन हुने परिकल्पना गरेको छैन । कांग्रेस जस्तो पार्टीको महाधिवेशन अनिश्चय कै अवस्थामा प्रारमभ हुने वा नहुने अन्यौल निश्चय नै सुखद र सकरात्मक होइन । एउटा पक्षले अर्को पक्षलाई दोषरोष्ण गर्ने वहानाले स्वस्थ्य प्रतिस्पर्धाको वातावरण बन्दैन । स्वस्थ्य किसिमले आन्तरिक प्रतिस्पर्धा गरी नेतृत्व विकास गर्ने अवसरलाई त्यही किसिमले विकास गर्न नसक्नु निश्चय नै कमजोर व्यवस्थापन हो । यो व्यवस्थापन भित्र सकरात्मक सोच चिन्तन र दृष्टिकोण अभाव देखिन्छ । कस्तो राजनीतिक संस्कार र संस्कृतिको विकास गर्दैछौं भन्ने अहँ प्रश्नले नेतृत्वलाई अझै गम्भीर बनाएको छैन ।
भोलिको नेतृत्वले मनन गर्नुपर्ने धेरै प्रश्नहरु छन् । पाका नेताहरुलाई यथार्थता र वास्तविकताप्रति प्रतिबद्ध बनाउनेभन्दा आ–आफ्नो स्वार्थमा अल्मल्याउने काम भएको देखिन्छ । पार्टीभित्र र बाहिर रुपान्तरण गरेर देखाउँछौं भन्ने दाबी गर्नेहरुको भूमिका पारदर्शी देखिएन । आफ्नो अनुकूल हुने अवस्थाको पखाइएले नेतृत्व क्षमता प्रदर्शित हुन सक्दैन । जबसम्म आम कार्यकर्ता नेतृत्वसँग आश्वस्त र विश्वस्त हुँदैनन, तबसम्म आम जनतासाग जोडिने कुरा धेरै टाढाको विषय हुन्छ । आफ्नै परिवरि राजनीति घुमाउन खोज्ने प्रवृत्ति अझ खतरनाक हुनसक्छ । सानो समूह लिएर नाजायज बार्गेनिङ गर्ने प्रवृत्ति मौलाउँदै गएको देखिन्छ । यसले नेपाली कांग्रेसलाई आफ्नो गन्तव्यमा पुग्न सहयोग गर्दैन ।
पार्टी कार्यालयमा गरिएको धर्ना अधिवेशन गर्नकै लागि हो वा अधिवेशन सार्नका लागि हो ? समस्या कहाँनेर छ ?
हाम्रो देशको राजनीति व्यवस्था र अवस्थालाई कस्तो बनाउने भन्ने अहं सवाल खडा भएको छ । देशभित्र भविष्य नदेखेर बाहिरिने पुस्तालाई कस्तो सन्देश दिने ? रोजगारीका लागि खाडी जाने युवाहरुलाई कसरी आकर्षित गर्न सकिन्छ ? भारतीय श्रम बजारमा जान नाकाहरुमा लागेको भीडलाई कुन मुद्दा र विषयले सम्बोधन गर्न सक्छ ? हामी कस्तो समाज निर्माण गर्न चाहन्छौं ? हाम्रो देशको भाग्य र भविष्य कसरी सुनिश्चित गर्न सकिन्छ ? जस्ता प्रश्नहरुको उत्तर खोज्ने महत्वपूर्ण सवालप्रति कांग्रेस महाधिवेशन उदासिन भएर रहन सक्छ ? हालको नेतृत्व र भोलिको नेतृत्वले यस्ता अनगिन्ती प्रश्नहरुको जवाफ दिनुपर्छ । संविधान, कानुन र विधानले व्यवस्था गरे बमोजिमको समयसीमाभित्र आफ्नो महाधिवेशन समेत सम्पन्न गर्न नसक्ने नेतृत्वमाथि सदैव अविश्वास र आशंका गरिन्छ । पार्टी कार्यालयमा गरिएको धर्ना अधिवेशन गर्नकै लागि हो वा अधिवेशन सार्नका लागि हो ? समस्या कहाँनेर छ ? र कस्तो व्यवस्थापन आवश्यक छ ? भन्ने सन्दर्भमा गम्भीर छलफल गर्नुपर्छ । यसले मात्र हामीलाई गनतव्यमा पु-याउन सहयोग पु-याउँछ । आफ्नो अनुकूलता र प्रतिकूलतासँग महाधिवेशनको समय र कार्यतालिकालाई हेरफेर गर्न खोज्दा समाधान निस्कँदैन । नेतृतवप्रति अविश्वास हुन नसकेको यो क्षणमा भए गरेका कार्यहरु समेत अन्तरविरोधयुक्त हुनुले अविश्वास नै बढाउँछ । सभापतिको हुने वा नहुनेभन्दा पनि लोकतान्त्रिक शासन व्यवस्थामाथि उठिरहेका प्रश्नहरुको जवाफ आफ्नो नेतृत्व र निर्णयबाट नेपाली कांग्रेसका आम नेता तथा कार्यकर्ताले दिन सक्नुपर्छ । त्यो क्षमता र ल्याकत भएका व्यक्तिहरुको छनोट तलदेखि माथिसम्म हुन अति आवश्यक छ ।
निर्णय गर्ने समयमा चुक्ने अनि पछुताउने वा बर्बराउने कार्यले समाधान दिँदैन । निर्णायक घडीमा विचार पुगेन भने त्यसलाई सचचाउन धेरै समय लाग्छ । कहिलेकाहिँ त मानिसले आफूलाई सचचाउने समय (मौका) नै पाउँदैन । आफूले गरेको गलत निर्णयका कारण आएको परिणाम प्रति चुकचुकाउने क्षण नआओस् भन्नेतर्फ निर्णय गर्ने समयमा नै धयान पु-याउनुपर्छ । पार्टीलाई कस्तो बनाउने भन्ने निर्णय दिने मौका आएको छ । सक्रिय सदस्यहरुले आफ्ना प्रतिनिधि छनोट गरी उसैमार्फत् प्रतिनिधित्व गराउँछन् र नेतृत्व चयनसम्म भूमिका निर्वाह गर्छन् । यस्तो महत्वपूर्ण जिम्मेवारी बहन गर्नेसम्ममा बहकिने होइन, सुविचारित किसिमले आफ्नो अभिमत जाहेर गरी सक्षम, योग्य र इमान्दार व्यक्तिलाई पार्टीका विभिन्न संरचनाहरमा स्थापित गर्नुपर्छ । त्यसले तलदेखि माथिसमम सक्षम नेतृतव चयन गर्छ र राजनीतिक व्यवस्था र प्रणालीलाई यसको आदर्श र सिद्धानत बमोजिम सञ्चालन गर्न गराउन सहयोग पु-याउँछ ।
पार्टीको सिद्धान्त, आदर्श र निष्ठाप्रति प्रतिबद्ध र इमान्दार व्यक्तिलाई जिम्मेवारी दिने ऐतिहासिक भूमिका तलदेखि माथिसम्मका नेता र कार्यकर्ताहरुले निर्वाहा गरेभने निश्चिय नै कांग्रेसको गिरेको साँख पुस्र्थापित गराउन सकिन्छ
केवल नेतृत्वमाथि मात्र प्रश्न तेर्सिएको छैन, नेतृत्व चयन र छनोट गर्नेहरुप्रति पनि प्रश्न लागेको छ, आरोप लागेको छ । धेरै कारणहरुले गर्दा नेतृत्व खराब भएको हो । खराब नेतृत्व छनोट भएर अपेक्षित परिणाम नआएको एउटा अवस्था हो भने, नेतृतवलाई खराब बन्न बाध्य बनाएको कारणले पनि नतिजा नकरात्मक भएको हो । कस्तो नेतृत्व छान्ने, नेतृत्वलाई कस्तो बनाउने भन्ने भूमिका निर्वाहा गर्न सक्ने, नेतृत्वलाई सच्चाउने, सही बाटोमा हिडाउन सक्ने, पार्टीको सिद्धान्त, आदर्श र निष्ठाप्रति प्रतिबद्ध र इमान्दार व्यक्तिलाई जिम्मेवारी दिने ऐतिहासिक भूमिका तलदेखि माथिसम्मका नेता र कार्यकर्ताहरुले निर्वाहा गरेभने निश्चिय नै कांग्रेसको गिरेको साँख पुस्र्थापित गराउन सकिन्छ र पहिलो जनता र देशप्रति उत्तरदायी वास्तविक लोकतान्त्रिक राजनीतिक दल बनाउन सकिन्छ ।




