पिलो र खिलको चर्चा अझै सेलाएको छैन । पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले पिलो निचोरियो खिल बाँकी छ भनेपछि विषय गम्भीर रुपमा उठेको हो । खासमा नेकपा बनेकै दिनदेखि सो पार्टीमा विभाजनको विउ रोपिएको थियो । दुई अध्यक्ष राख्ने र दुवैले आधा कार्यकाल बाडफाड गर्ने चार बुँदे सहमति गरे त्यो नै बिग्रहको बिउ थियो ।
तर,ओलीले सत्ता र पार्टी दुवै नछोडने संकेत पाएपछि प्रचण्डले पुरै कार्यकाल ओलीलाई भनेर कपटी कुरा गरे । खासमा उनको मन सत्ता गहिरोसँग गडेर बसेको थियो । विभाजनको बीउ यहिबाट झांगिन थालेको थियो । धेरै भनिरहनु नपर्ला,पुष्पकमल दाहाल र माधव नेपालसँग केपी ओली वाक्क भएका थिए । तर नेकपा फुटयो । अनि एमाले वाँकी रहयो । यसपछि पनि नेकपाकालिन विवाद यथावत रहयो । यसमा माधव खराव कि ओली भन्ने अर्को वहश गर्न सकिन्छ तर ओली आशनबाट हेर्दा माधव खराव देखिनु अस्वाभाविक होइन । माधव प्रति केपीको सदावहार गुनासो छ–मलाई अध्यक्ष स्किारेनन,पार्टीमा गुट वनाएर असहयोग गरे । दुई तिहाइको सरकार ढाल्न प्रचण्डसंग मिले । उनी कम्युनिष्ट होइनन,विभिषण हुन । उनले यति मात्र भनेका चाहि होइनन,वालकोटबाट शानको साथ वालकोट पुगेपछि मुकुन्दे शैलीमा घरको बार्दलीमा वसेर माधवलाइ गद्धार पनि भन्न भ्याए । केपीलाई एमाले विभाजन भएको भन्दा सरकारबाट हटनु परेकोमा अत्यधिक रिस उठेको छ र यो सवै माधव नेपालको कारण भएको हो ।
पिलो शरिरको अप्ठयारो ठाउँमा पलाउने खटिरा हो । बडा पिडा दिन्छ । जबसम्म यो पाक्दैन,तबसम्म यसको दुखाइ सहनुको विकल्प छैन । यो घाउ पाकेपछि यसलाइ निचोरेर पिप निकालिन्छ अनि अलि सञ्चो हुन्छ । तर यो क्षणिक आराम मात्र हो । किनभने यो घाउको जरोसम्म निचोरेर फालेन भने फेरि दुख्ने,चिलाउने,चर्किने थाल्दछ । यसैले पिलो निचोर्ने खिल पनि फाल्न मिल्ने भएपछि मात्र निचोर्छन । केपी ओलीको भाषामा माधव नेपाल पिलो हुन । अप्ठयारो ठाउमा आएको घाउ । जब माधव नेपालले नयाँ दल दर्ताको लागि निर्वाचन आयोग पुगे तब पिलो निचोरियो भन्न सकिन्छ । तर,खिल भनेको चाहिं को हो त ?
माधव नेपाललाइ दुइ बर्ष देखि साथ,सहयोग,आड भरोसा दिने युवा नेताहरु नै हुन । दोस्रो पुस्ताका नाम चलेका युवा पुस्ताको दरिलो साथ माधव नेपाललाई थियो । उनीहरु मध्ये योगेश भट्टराई र गोकर्ण विष्टले ओली सरकार ढाल्न र नया सरकार वनाउन हस्ताक्षर गरेका थिएनन । यस मानेमा उनीहरु माधव नेपाललाइ त्यतिञ्जेल साथ दिन तयार थिए जतिवेला सम्म माधव नेपालले ओली विरुद्ध विगुल फुकिरहन्थे तर पार्टी चाहि फुटाउदैन थिए । तर,यस देखि वाहेकका नेताहरु जो सडक आन्दोलन देखि सर्वोच्च अदालतसम्म पुगेका थिए उनीहरुप्रति माधवको भरोशा थियो । साच्चै भन्ने हो भने भीम रावल देखि सुरेन्द्र पाण्डेसम्म ।
कहिले एमसिसि त कहिले भारतसंगको सिमा समस्याको बारेमा चर्को वोलेर राष्ट्रवादी वनेको यो समुह सारमा केपी ओलीसंग सत्ता वार्गेनिङ गरिरहेको थियो । र,विचार र समुहको हिसावले माधव तिर थियो । खासमा भन्ने हो भने माधव नेपाललाइ पार्टी फुटाउने तहसम्म लैजाने यिनै रावल,भुषाल र पाण्डेहरु हुन । तर,जब माधव नदी पानीमा पसे तब किनारमा रहेका ९ जना युवा हस्तीहरु किनारबाटै टाप ठोके । केपी ओलीको भाषामा पिलो भनेको माधव नेपाल हुन भने खिल भनेको यिनै ९ जना स्थायी कमिटीका सदस्यहरु हुन जसले उनलाइ वालुवाटारबाट वालकोट हुदै वार्दली बा वनाए । आज यी युवा नेता बार्दली बा संग विलिन भएका छन ।
ध्यान दिनुपर्ने कुरा के हो भने केपी ओली अति इगो लिने मानिस हुन । उनी इगो मात्र लिदैनन,समय आएपछि बदला पनि लिन्छन । जसले जे भने पनि नेकपा एमालेको सरकार ढाल्ने माधव समुह नै हो । र,माधवलाई उकास्ने यिनै युवा नेता हुन । यदि यसो हो भने केपी ओलीले यी युवा नेता एमालेमा विलिन भए भनेर चुप लागेर बस्लान ?




