कला/साहित्य

थुँगामा बाँचेको जीवन

रातभरि गर्माउन नभ्याएर
शीतका बग्रेल्ती थोपा साँचेर
सिङ्गो आकाश ओढेर
बिहानी मुहूर्त पर्खिरहेको लाग्छ
ढकमक्क हाँसेको फूल
सूर्यको न्यानो स्पर्श सल्बलाउन नभ्याउँदै
ईश्वरलाई उपहार दिने नाउँमा
टपक्क टिपेर सजाइन्छ ढक्कीमा
र, कठोर समयको झापट खाँदै
हु–याइन्छ फोहोर फाल्ने कन्टेनरमा
निमोठिन्छ कलिलो सुन्दरता उसरी नै
कठोर हुन्छ मान्छेहरूको मन
कहाँ हुन्छ र फूलजस्तो ?
फके्रर पनि फुलिरहन दिदैंन उही मान्छे
ओइलाउन्जेल हाँसिरहन भ्याउदैन
त्यसैले अधुरो मधुरो र अपूर्ण लाग्छ
फूलजस्तै जिन्दगी भोगेर
उज्यालो थुँगामा बाँचेको जीवन ।

*               *                *

मादी न.पा.– ६, सङ्खुवासभा
हालः लोकन्थली, भक्तपुर

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *