कला/साहित्य

सेडोका कविता

१,
मरेको लास
चितामाथि राख्दा
जीवन बुझ्ने प्रयास
दिक्दार लाग्दा
आर्यघाट सम्झेको
भावुक बन्यो मन ।
२,
पुग्नुछ टाढा
अलमलमा परेँ
रोकिएछ गन्तव्य ।
दिक्क लाग्दामा
पट्यार लाग्दै बस्दा
तर्सायो समयले ।
३,
चलाखी गर्दै
हसुर्न दाउ खोज्दा
फोहरमा जाकेको ।
सुरो बनेर
आफैँ अगाडि सर्दा
रामाण आफैँमा ।
४,
तातो पोखरी
डुबुल्की मार्ने मन
छिर्न खोज्नै सकस ।
दोधारे बन्दै
मनमा कुरा खेल्दा
सताएछ डरले ।
५,
हेपा प्रवृत्ति
चिसिएको मनमा
आगो बाल्न खोजेको ।
अटेर बन्दै
अन्धविश्वास बोक्दा
खुम्चियो इज्जत नै ।
६,
सजाइ राखेँ
मायाको फूलवारी
एक्लिँदा मन रोयो ।
भावुक मन
हृदय बाँड्न खोज्दा
खुम्चियो यो विश्वास ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *