रिबन

क्रिकेट टोलीका मुख्य प्रशिक्षक वाट्मोरले राजीनामा दिए

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएका छन् ।

नेपाल क्रिकेट संघ(क्यान)का अनुसार प्रशिक्षक वाटमोरले ओमनबाट फर्किएपछि लागू हुनेगरी राजीनामा दिएका हुन् । व्यक्तिगत कारण देखाउँदै अचानक राजीनामा दिने घोषणा प्रशिक्षकले गरेको क्यानले जानकारी दिएको छ ।

ओमानमा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत हुने अमेरिका, ओमान र नेपालबीचको त्रिदेशीय श्रृखलापछि मुख्य प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिन चाहेको उनले इमेलमार्फत जानकारी गराएको क्यानले जनाएको छ ।

वाटमोर एकवर्षअघि मात्रै क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले समेत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *