काठमाडौ । परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका ४२ नेपाली सम्पर्कमा रहेको र उद्धारको प्रयास भइरहेको जानकारी दिएको छ ।
मन्त्रालयले विज्ञप्ती जारी गर्दै काबुलबाट बिहिबार ११ जना नेपाली उद्धारपछि भारतमा रहेको र उनीहरुलाई नेपाल ल्याउने प्रक्रिया समेत शुरु भएको जानकारी दिएको छ । मन्त्रालयले काबुलमा रहेका तर सरकारको सम्पर्कमा रहेका ४२ जना नेपालीको समेत उद्धारको प्रयास भइरहेको जनाएको छ ।
मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीहरुले सम्पर्क गर्न समेत आह्वान गरेको छ ।





