काठमाडौं । नेपाली कांग्रेसले ४८ जिल्लाको क्रियाशील सदस्यता नामावाली सार्वजनिक गरेको छ । क्रियाशील सदस्यता छानविन समितिले १४ औं महाधिवेशनका लागि ४८ जिल्लाको क्रियाशील सदस्यता नामावाली सार्वजनिक गरेको हो । क्रियाशील सदस्यता छानविन समितिले भदौं १० गते ३८ र ११ गते १० जिल्लाको क्रियाशील सदस्यता नामावाली सार्वजनिक गरेको छ ।
क्रियाशील सदस्यको नामावली कांग्रेस निर्वाचन निर्देशिका बमोजिम नेपाली केन्द्रीय निर्वाचन समितिले पार्टीको वेवसाइटमा प्रकाशित गरेको छ ।
कांग्रेसले करिव ३६ जिल्लाहरुमा निर्वाचन अधिकृतहरुलाई समेत खटाइसकेको छ ।
मिति २०७८ भाद्र १० गते क्रियाशील सदस्यताको नामावली प्रकाशित गरिएका जिल्लाहरु
१. ताप्लेजुङ
२. पाँचथर
३. इलाम
४. संखुवासभा
५. तेह्रथुम
६. खोटाङ
७. सोलुखुम्बु
८. ओखलढुंगा
९. उदयपुर
१०. झापा
११. दोलखा
१२. रामेछाप
१३. सिन्धुली
१४. भक्तपुर
१५. गोरखा
१६. लम्जुङ
१७. तनहुँ
१८. कास्की
१९. मनाङ
२०. मुस्ताङ
२१. पर्वत
२२. स्याङ्जा
२३. म्याग्दी
२४. नवलपुर (वर्दघाट सुस्तापूर्व)
२५. नवलपरासी (वर्दघाट सुस्ता पश्चिम)
२६. रुपन्देही
२७. पाल्पा
२८. रुकुम (पूर्वी भाग)
२९. रोल्पा
३०. रुकुम (पश्चिम भाग)
३१. जुम्ला
३२. मुगु
३३. हुम्ला
३४. बझाङ
३५. डोटी
३६. दार्चुला
३७. बैतडी
३८. कञ्चनपुर
मिति २०७८ भाद्र ११ गते क्रियाशील सदस्यताको नामावली प्रकाशित गरिएका जिल्लाहरु
३९ धनकुटा
४०. भोजपुर
४१. गुल्मी
४२. प्यूठान
४३. दाङ
४४. सल्यान
४५. कालिकोट
४६. जाजरकोट
४७. दैलेख
४८. अछाम




