काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा पाँच सदस्यीय स्थायी कमिटी रहने भएको छ । स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने र वेदुराम भुसाल छन् । यो स्थायी कमिटी तत्कालका लागि मात्रै रहनेछ ।
राष्ट्रिय सम्मेलनपछि स्थायी कमिटी विस्तार र सचिवालय गठन गर्ने एकीकृत समाजवादीको तयारी छ । नेता भुसालका अनुसार यो स्थायी कमिटी तत्काल काम चलाउन कायम गरिएको हो । चाँडै स्थायी कमिटी विस्तार उनले बताए ।
नेकपा एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीले ९ भदौमा वैधानिकता पाएको हो । एकीकृत समाजवादीको पदाधिकारी टुंगिन बाँकी छ ।




