काठमाण्डौं । फागुन २८ गते प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिने तयारी थालेका थिए । माधव नेपाल समुहका सांसदहरु संसदको सिहदरवारमा रहेको लेखा समितिको हलमा भेला भए । भेलामा सवैभन्दा उग्र र चर्को कुरा गरे–भीम रावल र सुरेन्द्र पाण्डेले । वैठकमा यी नेताहरुले सवै सांसदको राजीनामा वोकेर राखेका थिए । तर,कुरा उठयो,यसरी राजीनामा दिदा जनतालाई धोका र एमाले अध्यक्ष केपी ओलीलाई सजिलो हुन्छ भनेर । किनभने सांसद भएर अल्पायु मै छाडने जनप्रतिनिधिले भोलि जनतालाई के भन्ने ? अर्को,सांसदबाट छाडेपछि विश्वासको मत लिन ठिक परेका ओलीलाई झन सजिलो हुने भयो ।
यसो नगरौं भनेर कुरा उठेपछि झोलामा राखिएको राजीनामा पत्र यतिकै भयो । उतिवेला देखि अहिलेसम्म माधव नेपाल समुहमा रहेका एक नेताका अनुसार,त्यतिवेला भीम रावललाई सम्झाउ निकै कठिन भएको थियो । तर,सामुहिक राजीनामा नदिने बरु प्रधानमन्त्रीले विश्वासको मत लिदा अनुपस्थित हुने तय भयो र संसदमा २८ जना सांसद अनुपस्थित रहे । विश्वस्त स्रोतका अनुसार,नेता घनश्याम भुषाल र भीम रावल र सुरेन्द्र पाण्डेले कतिसम्म गरे भने माधव नेपाल निकट भनिएका जगन्नाथ खतिवडा,डा.विजय पौडेललाई तिमीहरुले माधव नेपाललाई कमजोर बनायौ भनेर लम्कीझम्की समेत गरे । उनीहरु त्यतिबेला धेरै कडा नवनौं वार्ता जारी राखौं भन्ने पक्षमा थिए । यहि लहरमा सोमप्रसाद पाण्डे समेत थिए । र,केपी ओली सुध्रिदैनन भनेर तत्काल नयाँ दल खोलौं भन्ने पक्षमा युवा नेताहरु थिए । तर,अहिले तिनै घनश्याम भुषालदेखि रावलसम्म एमालेमा फर्केका छन भने माधव नेपालले धोका दिए भन्न थालेका छन ।
युवा नेता भनेर कहलिएका एमाले फर्केका नौ भाइ नेताले पार्टीमा असहमति भएपनि फुटाइहाल्ने कुनै योजना नभएको बताउन थालेका छन । पार्टी फुटाउने तहमा योगेश भट्टराई,गोकर्ण विष्ट भने सहमत थिएनन । घनश्याम भुषाले नयाँ दल बनाउन कठिन हुन्छ भन्नेमा थिए । तर,केपी ओलीसँग बस्न सकिन्न भन्नेमा चाहि ढुक्क थिए । तर,अचानक हावाको रुप बदलियो र पूर्व हिडेका नेताहरु पश्चिम पुगेका छन । स्थायी समितिमा रहेका ९ जना नेताहरु नयाँ दल बनाउनु भन्दा भइरहेकै दलमा थोरै घुर्की,धम्कीबाट लाभ लिने मनस्थितिमा पुगेका छन ।




