रिबन

एक महिने मुख्यमन्त्री बन्न/बनाउन किन मरिहत्ते ?

काठमाण्डौं । बिहीबार प्रदेश नम्वर १ मा चार बर्षसम्म शासन गरेपछि यसको नाम समेत राख्न नसकेका मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका छन । यसपछि उनी स्वयमले नै चार बर्ष अघि नै आफूसँग संसदीय दलको नेतामा पराजित भएका भीम आचार्यलाई सर्वसम्मतिले दलको नेता अनि मुख्यमन्त्री बनाए ।

मुख्यमन्त्री हुदा अविवाहित रहेका राईले तामझापूर्ण विवाह,विलासी हनीमुन मात्र मनाएनन,वालिका खड्काको सत्तोसरोप पनि सहनु पर्‍याे। राईको भन्दा फरक क्याम्पमा रहेका आचार्यले पटक पटक विद्रोहको धम्की दिए,सरकार छाडन बाध्य पार्ने पचासौं कसरत गरे तैपनि किञ्चित खाएनन । राष्ट्रपति विद्यादेवी भण्डारीको विश्वासपात्र राईले पचासौं जंघार पार गरेपछि बिहीबार भने अचानक राजीनामा किन दिए त ? र,आफुलाई सधैं असहयोग गर्ने आचार्यलाई कुर्सीमा किन बसाए त ? प्रदेश नम्वर १ को सकार परिवर्तन केवल शेरधन राईको इच्छ चाहनाको कारणले सम्भव भएको होइन ।

एमाले विभाजनसँग यसको गहिरो साइनो सम्वन्ध छ । अध्यक्ष केपी ओलीले सत्ता गुमाएर पार्टी नै विभाजन भएपछि माधव नेपाललाई लामो समयदेखि साथ दिदै आएका ९ जना नेताहरु मुलघर भन्दै फर्किए । यसरी फर्किका नेतामध्ये वागमती प्रदेशकी अष्टलक्ष्मी शाक्य र प्रदेश नम्वर १ का भीम आचार्य मुख्यमन्त्री बन्न सफल भएका छन । जवसम्म केपी ओली सकारात्मक भएनन,यी नेताहरुले पचास पटक मुख्यमन्त्री दावी गरेपनि यो स्थान पाउन सकेनन । तर,अहिले जब पार्टी नै फुटेको छ , अहिले प्रदेश र स्थानीय तहमा पार्टी रोज्नको लागि २१ दिनको समयसीमा जनप्रतिनिधिलाई छ,यो प्राविधिक जटिलता भएको बेलामा किन हतार हतार ओलीले शाक्य र आचार्यलाइ मुख्यमन्त्री बनाए त ?
सवैले बुझेको तथ्य के हो भने जुन माधव नेपाल पक्ष प्रदेशतहमा समेत विभाजित हुन्छ र प्रदेश सांसदले पनि पार्टी रोज्छन,त्यतिबेला मुख्यमन्त्री पद धरापमा पर्छ ।

अझ सोझो भाषामा भन्ने हो भने मुख्यमन्त्री भएको महिना दिन भित्रमा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ । यदि माधव नेपाल समुहले शाक्य र आचार्यलाई मद्धत गरेन भने साना दलको साथ पाएर पनि प्रदेश सरकार टिक्दैन । र,यी दुवै जना अहिले माधव नेपाल छाडेर ओलीतिर लागेका छन । जब महिना दिन पनि टिक्दैन भन्ने जान्दा जान्दै मुख्यमन्त्री बन्न यी दुई नेता किन मरिहत्ते गर्दैछन ? र,यसरी अहिले पार्टीको आन्तरिक सन्तुलन मिलाउन भन्दै मुख्यमन्त्री बदल्नु थियो भने केपी ओलीले यहि काम अहिले पहिले नै किन गरेनन ? के उनी माधव नेपाल र उनको सिफारिश स्वीकार्न सक्दैनन भन्ने यहिबाट प्रष्ट भएन ? चाहे एक दिन कै मन्त्री वा मुख्यमन्त्री किन नहोस बन्ने र बनाउने तर माधव नेपाललाई कदापि नस्वीकार्ने भन्ने ओलीको नियत देखिन्छ ।

यी दुई प्रदेशका घटनाले यहि कुरा प्रमाणति गरेको छ तर पार्टी विभाजन भएर माधव नेपाल निक्लदा ओलीको घमण्डको जित भयो होला तर यो विभाजित पार्टीले वाघ मार्न सक्छ ? सिगो नेकपा फुटयो,एमाले फुटयो,केन्द्रीय सरकार ढल्यो,प्रदेशका सरकार सबै गुमे । तैपनि ओली कसरी सफल ? तैपनि उनको जय जयकार किन ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *