काठमाण्डौं । माधव नेपाल छाडने वित्तिकै युवा नेताहरुले केपी ओलीबाट भटाभट पुरस्कार पाउन थालेका छन । माधव नेपालको योद्धाको रुपमा परिचित सादगी नेता अष्टलक्ष्मी शाक्यले वागमती प्रदेशको मुख्यमन्त्री पाएसंगै अन्य नेताहरु पनि पुरस्कारको लाइनमा लागेका छन । शाक्य मुख्यमन्त्री भइसकेकी छिन भने यहि लहरमा प्रदेश १ का भीम आचार्य पनि पुगेका छन ।
मुख्यमन्त्री शेरधन राइले राजीनामा दिएर उनको ठाउमा आचार्यलाई मुख्यमन्त्री वनाउने योजना कार्यान्वयनको चरणमा रहेको छ । सम्भवत बिहीबार नै यो काम हुनेछ । यहि पुरस्कारको आश्वासन पाएपछि आचार्यले माधव नेपाललाई भेटेर सहयोग मागेका छन तर नेता नेपालले सहयोग दिन नसकिने बताइसकेका छन । यदि माधव नेपालले सहयोग गरेनन भने वागमती प्रदेश र प्रदेश १ दुवैबाट शाक्य र आचार्यको सरकार महिना दिन भन्दा बढी टिक्न सक्दैन ।
यति मात्र होइन,नेकपा एमालेले पार्टी प्रवक्ताको जिम्मेवारी पनि हेरफेर गरेको छ । नयाँ जिम्मेवारी अनुसार माधव नेपाल छाडेर फर्किएका योगेश भटटराइलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिइएको छ । र,यसअघिका प्रवक्ता प्रदीप ज्ञवालीलाई पछि हटाइएको छ । केपी ओली वोल्छन तर काम गर्दैनन भन्ने ब्याप्त मान्यतालाइ चिर्न उनले यसो गरेका हुन ।
यसअघि माधव नेपाल छाडेर फर्किएका शेरवहादुर तामाङ्गलाई पार्टी सचिवालयको जिम्मा लगाइएको छ भने उनको पत्नीलाइ प्रदेश १ को मन्त्री वनाइएको छ । स्वास्थ्य मन्त्री नै बनाइएपनि केही दिनमा नै उनको पद खुस्किएको थियो । यता,माओवादी छाडेर एमाले पसेका नेताहरुलाई यथावत जिम्मेवारी दिइएको छ ।




