काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी)ले दलको मान्यता पाएको छ । वुधवार पार्टीको केन्द्रिय सदस्य तथा सांसदको हस्ताक्षरको सनाखत गरेपछि राती निर्वाचन आयोगले दलको मान्यता दिएको हो ।
सरकारले २० प्रतिशत सदस्यले नयाँ दल दर्ताको लागि निवेदन दिने अध्यादेश ल्याएपछि माधव नेपाल समुहका ५८ जना केन्द्रिय सदस्यले हस्ताक्षर गरेर निर्वाचन आयोगमा निवेदन दिएका थिए । यसमध्ये वुधवार ५६ जनाले हस्ताक्षर सनाखत गरेका छन।
यस्तै २९ जना संघिय सांसद एमाले छाडेर नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन ।





