काठमाण्डाैं । राष्ट्रिय फुटवल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले शंकास्पद अभिब्यक्ति दिएका छन।राष्ट्रिय खेलकुद परिषदले एन्फामा भएकाे विवादकाे वारेमा छानवीन गर्न गठन गरेकाे समितिले वुधवार प्रतिवेदन वुझाएकै दिन उनले गहिराे अर्थ लाग्ने सन्देश प्रवाह गरेका छन।छानवीन समितिले मुख्य प्रशिक्षक अलमुताइरीलाइ सचेत गराउन सुझाव दिएकाे छ।उनले रक्सी वढी खाने,राजनीति गर्ने र मै हुँ भन्ने घमण्ड गर्ने गरेकाे गुनासाे छानवीन समिति समक्ष गरिएकाे छ। मुख्य प्रशिक्षक अलमुताइरीले हालै टिम वनाउदा भरत खवास, विक्रम लामा , रञ्जित धिमाललाईन पारेकाे भन्दै उनकाे विराेध पनि भइरहेकाे छ।
यहि बेलामा छानवीन समितिले एन्फा पदाधिकारीसंगकाे मुख्य प्रशिक्षककाे विवाद हुदा पदाधिकारीलाइ दाेष दिएर पदबाट राजीनामा दिएर हिडेकाे प्रकरणकाे चुराे कारणकाे वारेमा साेधखाेज गरि रिपाेर्ट तयार पारेकाे छ। याे रिपाेर्ट समितिले वुधवार वुझाएकाे छ र यसमा मुख्य प्रशिक्षकलाइ सामाजिक सञ्जालमा अरूलाई लक्षित गरि नलेख्न समेत सचेत गराएकाे छ। यसपछि उनले साँझ अंग्रेजीमा लेखेका छन-I,m out, let polotics work.





