काठमाण्डाैं। भीम रावललाइ नराम्राे झडका लागेकाे छ। लामाे समय माधव नेपाल पट्टि लागेका रावल अन्तिम समयमा एमाले अध्यक्ष केपी ओलीतिर लागेपनि उनकाे साथी,सहकर्मीहरू भने माधव नेपालपट्टि लागेका छन। प्रस्तावित नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीमा सुदूरपश्चिममा रावल निकट झपट रावल बाहेक सबै नेताहरु समाजवादीमा लागेका छन । दुई दिनसम्कोम काठमाण्डाैंकाे चन्द्रागिरिमा भएकाे वैठकमा रावल निकट नेताहरू सहभागी भएका थिए ।
नेता रावलको अत्यन्त निकट मानिने अछामबाट राष्ट्रिय सभा सदस्य शेर बहादुर कुवँर पनि माधव नेपाल पट्टि लागेका छन । बुधवार उनले माधवकाे पक्षमा हस्ताक्षर सनाखत समेत गरेका छन। कुवँर अछाममा रावलको व्याक बोन मानिन्छन । अछाममा एमालेका अध्यक्ष रहेका कुवँरलाई केपी शर्मा ओलीले अपदस्थ गरेका थिए । कुवँरले अन्ततः रावलको साथ छोडेका छन् ।
त्यस्तै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्बाधार मन्त्री दीर्घ सोडारी समेत बैठकमा सहभागी छन् । रावलका अत्यन्त निकट मानिने सोडारीको प्रदेश सभामा समेत बलियो पकड छ । सोडारीले पनि रावलको साथ छोडेका छन् ।
समाजवादीको बैठकमा सुदूरपश्चिमबाट प्रतिनिधि सभा सदस्य प्रेम आले, बिना बुढाथोकी, लक्ष्मी चौधरी र निरादेवी जैरु पनि माधव नेपालकाे नयाँ दलमा लागेका छन ।




