काठमाडौँ । प्रस्तावित दल नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य र सांसदहरु निर्वाचन आयोगमा सनाखतका लागि पुगेका छन् ।
नेता माधवकुमार नेपालसहितका नेताहरु टुरिष्ट बसमा चन्द्रागिरीबाट सिधै निर्वाचन आयोगमा केहि बेर अघि पुगेका हुन् ।अहिले केन्द्रिय सदस्य र सांसदहरु सनाखत भैरहेको छ ।
आयोगले आज ११:३० देखि २ बजेसम्म उपस्थित भएर सनाखत गर्न बोलाएको थियो ।अध्यादेशअनुसार एमालेको केन्द्रीय कमिटीको कुल २ सय ३ संख्यामध्येको २० प्रतिशत अर्थात् ४१ जना जना सदस्य नयाँ दल खोल्न नेपाल पक्षले आयोगमा पु-याउनुपर्ने हुन्छ ।
सनाखत पछि आजै आयोगले एकीकृत समाजवादीलाई दल दर्ताको प्रमाणपत्र दिने बताइएको छ ।




