रिबन

ओलीकाे पिलाे माधव हुन भने खिल काे हाे ?

काठमाण्डौं । हप्ता दिनदेखि पिलो र खिलको चर्चा चुलिएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले पिलो निचोरियो खिल वाँकी छ भनेपछि विषय गम्भीर रुपमा उठेको हो । अब एकछिन विचार गरौं,एमालेको पिलो को हो ? खिल को हो ?


धेरै भनिरहनु नपर्ला,माधव नेपालसँग केपी ओली वाक्क भएका थिए । यसमा माधव खराव कि ओली भन्ने अर्को वहश गर्न सकिन्छ तर ओली आशनबाट हेर्दा माधव खराव देखिनु अस्वाभाविक होइन । माधवप्रति केपीको सदावहार गुनासो छ–मलाई अध्यक्ष स्किारेनन,पार्टीमा गुट वनाएर असहयोग गरे । दुई तिहाइको सरकार ढाल्न प्रचण्डसँग मिले । उनी कम्युनिष्ट होइनन,विभिषण हुन । उनले यति मात्र भनेका चाहि होइनन,वालकोटबाट शानको साथ वालकोट पुगेपछि मुकुन्दे शैलीमा घरको बार्दलीमा वसेर माधवलाई गद्धार पनि भन्न भ्याए । केपीलाई एमाले विभाजन भएको भन्दा सरकारबाट हटनु परेकोमा अत्यधिक रिस उठेको छ र यो सवै माधव नेपालको कारण भएको हो ।


पिलो शरिरको अप्ठयारो ठाउँमा पलाउने खटिरा हो । बडा पिडा दिन्छ । जबसम्म यो पाक्दैन,तबसम्म यसको दुखाई सहनुको विकल्प छैन । यो घाउ पाकेपछि यसलाई निचोरेर पिप निकालिन्छ अनि अलि सञ्चो हुन्छ । तर यो क्षणिक आराम मात्र हो । किनभने यो घाउको जरोसम्म निचोरेर फालेन भने फेरि दुख्ने,चिलाउने,चर्किने थाल्दछ । यसैले पिलो निचोर्ने खिल पनि फाल्न मिल्ने भएपछि मात्र निचोर्छन । केपी ओलीको भाषामा माधव नेपाल पिलो हुन । अप्ठयारो ठाउमा आएको घाउ । जब माधव नेपालले नयाँ दल दर्ताको लागि निर्वाचन आयोग पुगे तब पिलो निचोरियो भन्न सकिन्छ । तर,खिल भनेको चाहिं को हो त ?


माधव नेपाललाई दुई बर्ष देखि साथ,सहयोग,आड भरोसा दिने युवा नेताहरु नै हुन । दोस्रो पुस्ताका नाम चलेका युवा पुस्ताको दरिलो साथ माधव नेपाललाइ थियो । उनीहरु मध्ये योगेश भट्टराई र गोकर्ण विष्टले ओली सरकार ढाल्न र नयाँ सरकार बनाउन हस्ताक्षर गरेका थिएनन । यस मानेमा उनीहरु माधव नेपाललाई त्यतिञ्जेल साथ दिन तयार थिए जतिवेला सम्म माधव नेपालले ओलविरुद्ध विगुल फुकिरहन्थे तर पार्टी चाहि फुटाउदैन थिए । तर,यस देखि बाहेकका नेताहरु जो सडक आन्दोलनदेखि सर्वोच्च अदालतसम्म पुगेका थिए उनीहरुप्रति माधवको भरोशा थियो । साच्चै भन्ने हो भने भीम रावल देखि सुरेन्द्र पाण्डेसम्म । कहिले एमसिसि त कहिले भारतसँगको सिमा समस्याको वारेमा चर्को वोलेर राष्ट्रवादी बनेको यो समूह सारमा केपी ओलीसँग सत्ता वार्गेनिङ गरिरहेको थियो । र,विचार र समूहको हिसावले माधव तिर थियो ।

खासमा भन्ने हो भने माधव नेपाललाई पार्टी फुटाउने तहसम्म लैजाने यिनै रावल,भुषाल र पाण्डेहरु हुन । तर,जब माधव नदी पानीमा पसे तब किनारमा रहेका ९ जना युवा हस्तीहरु किनारबाटै टाप ठोके । केपी ओलीको भाषामा पिलो भनेको माधव नेपाल हुन भने खिल भनेको यिनै ९ जना स्थायी कमिटीका सदस्यहरु हुन जसले उनलाइ वालुवाटारबाट वालकोट हुदै वार्दली बा बनाए । आज यी युवा नेता बार्दली बा सँग विलिन भएका छन ।


ध्यान दिनुपर्ने कुरा के हो भने केपी ओली अति इगो लिने मानिस हुन । उनी इगो मात्र लिदैनन,समय आएपछि बदला पनि लिन्छन । जसले जे भने पनि नेकपा एमालेको सरकार ढाल्ने माधव समुह नै हो । र,माधवलाई उकास्ने यिनै युवा नेता हुन । यदि यसो हो भने केपी ओलीले यी युवा नेता एमालेमा विलिन भए भनेर चुप लागेर बस्लान ? यो सम्भव छैन । यो घटनाको अर्को पक्ष पनि छ । तुलनात्मक रुपमा माधव नेपाल सहज र सरल नेता हुन । तर उनलाई यति धेरै हठी कसले बनायो ? यसमा यिनै युवा नेताको महत्वपूर्ण योगदान छ । ९ जना युवा नेता मध्ये पार्टीमा सैद्धान्तिक वहश गर्ने नेता हुन घनश्याम भुषाल । भीम रावल यस्ता पात्र हुन जो अति महत्वाकांक्षी र आत्मकेन्द्रित छन ।

ओलीको अहिलेको स्वार्थ भनेको माधव नेपालको पक्षमा २० प्रतिशत पनि सदस्य नपुगोस भन्ने हो । जब यो खडको टर्नेछ यसपछि केपी ओलीले यी नौ जना स्थायी समिति सदस्य माथि बदला लिन थाल्नेछन । किनभने केपी ओलीले सबै कुरा विर्सनसक्नेछन तर वालुवाटार वर्हिगमनलाई भुल्ने छैनन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *