समाचार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन पाँच विद्यार्थी संगठनको माग

काठमाडौं । पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा बढाइएको मूल्य तत्काल फिर्ता लिन माग गरेको छ । मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा बढाएको मूल्य तत्काल फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

नेपाल विद्यार्थी संघ, अखिल(क्रान्तिकारी), अनेरास्ववियु ,समाजवादी विद्यार्थी युनियन, अखिल (छैठौं)ले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ,‘नेपाल आयल निगमले सम्पूर्ण तथ्य र तथ्यांकहरू लुकाएर, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको अवस्थामा नेपालमा मूल्य बढाइएको छ । हामी बढाइएको मूल्य तत्काल फिर्ता गर्न र फिर्ता नगरिएमा आन्दोलनमा उत्रिने चेतावनी दिन चाहन्छौं । ’

नेपाल आयाल निगमले सोमबार राति पेट्रोलियम पर्दाथको मूल्य बढाएको थियो । नेपाल आयाल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *