राजनीति

एमाले स्थायी कमिटी बैठकमा तेस्रो धारका नेताहरु पनि सहभागी हुने

काठमाडौं । भोलि मंगलबार बस्ने नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी बैठकमा मध्यमार्गी समूहमा रहेका नेताहरु पनि सहभागी हुने भएका छन् । विगतमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका भए पनि हाल एमालेमै रहेका उपाध्यक्ष डा. भीम रावललगायतका नेता र अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा स्थायी कमिटी बैठक गरी पार्टीलाई गतिशील बनाउने सहमति भएको बुझिएको छ ।

उनीहरुबीच गत असार २७ मा भएको १० बुँदे सहमतिबमोजिम अघि बढ्ने समझदारी बनेको बताइएको छ । एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले मङ्गलबार ११ बजेका लागि च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्ने तय भएको जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *