काठमाण्डौं । पार्टी एकताको लागि पहल गर्छौं भनेका नेकपा माधव नेपाल समुहका ९ जना स्थायी समितिका सदस्यले सोमवार पार्टी अध्यक्ष केपी ओलीलाई भेटेका छन । वालकोटमा भएको भेटमा अध्यक्ष ओलीले पार्टी एकताको लागि तयार रहेको र दस बुँदे कार्यान्वयन गर्ने बताएका छन । उनले यसलाई कसरी कार्यान्वयन गर्ने भनेर छलफल गर्न मंगलवार स्थायी समितिको वैठक डाकेका छन ।
उनले अरु के के गरे योगेश भट्टराइको साविती वयान–हामी स्थायी कमिटीका साथीहरु पार्टीको एकता जोगाउनको लागि चिन्ता ब्यक्त गर्दै अध्यक्ष र वरिष्ठ नेता माधव नेपालसँग वहश छलफल चलायौं । आज फेरि अध्यक्षसँग भेट गर्यौ । आजको छलफलमा अध्यक्ष अत्यन्त सकारात्मक हुनु भएको छ । पार्टीमा सवै साथीहरुलाइ समान जिम्मेवारी दिने कुरा गर्नु भएको छ । पार्टीलाइ एकतावद्ध गर्ने कुरामा सहमत हुनुहुन्छ । संगीन मोडमा नेकपा एमालेको एकता वचाइराख्न हामीले मुलत दस सदस्यीय कार्यदलले प्रस्ताव गरेको दस वुदे कायान्वयनलाइ जोड दिएका छौं । यसको लािग भोलि नै स्थायी समितिको वैठक उहाले डाक्नु भएको छ । स्थायी समितिको वैठकले दस वुँदे कार्यान्वयनको लागि तिथि मिति सहितको कार्ययोजना तयार पार्नेछ । यसपछि केन्द्रीय समितिको वैठकमा जाने भन्नु भएको छ ।
आजको वैठकले ०७५ साल जेठ २ गतेको अवस्थामा पुगेर केन्द्र देखि वडा तहसम्मको कार्यसमिति क्रियाशील हुनेछन । र,यसको कार्ययोजना भोलिको वैठकले तयार पार्नेछ । र,हिजो नेताहरु जुन जुन भुमिकामा रहनु भएको थियो त्यही जिम्मेवारी दिनेछ । र,नयाँ दल निर्माणको लागि लाग्नु भएका नेताहरुलाइ पुरानै कमिटीमा फर्कन आग्रह गरिएको छ । कसैलाई काखापाखा हुनैछैन । यसैले म सवै कमरेडहरुलाइ धेरै उत्तेजनामा नआइकन संयमित हुन आग्रह गर्दछु । माधव नेपालसंग हामी लामो समय देखि संगै थियौं,अस्तिसम्म । उहाँ अलि हतारमा रहनुभयो । हामीले जे निर्णय गर्ने हो भने सहमति गरौं र पार्टी कमिटीको निर्णयबाट गरौं भनेका थियौं ।यसमा उहाँ सहमत हुनुहुन्थ्यो । तर,पछिल्ला दिनमा उहा अलि हतारमा देखिनुभयो । पार्टीमा कारवाही देखि अनेक कुरा हुन्छन ।




