काठमाण्डौं । नेकपा एमालेले प्रतिनिधिसभाको सभामुख अग्नि सापकोटालाई धम्की दिएको भन्दै आपत्ति जनाएका छन । एमालेले निलम्वन गरेका माधव नेपाल सहितका १४ जना सांसदलाई कारवाही गर्न विलम्व गरेको भन्दै एमाले सांसदले सभामुखको कार्यकक्षमा प्रवेश गरि धम्कीपूर्ण भाषा वोलेको भन्दै कांग्रेस सहितको सत्तारुढ पाँच दलले आपत्ति जनाएका हुन । सोमवार पाँच दलको तर्फबाट संयुक्ति वक्तब्य जारी गरि यस कार्यको निन्दा गरिएको छ ।
वक्तब्य जारी गर्नेमा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी,राष्ट्रिय जनमोर्चा तथा माधव नेपालको दलको तर्फबाट जीवनराम श्रेष्ठले हस्ताक्षर गरेका छन । उनीहरुले प्रमुख विपक्षी दल नेकपा एमालेलाइ संसदीय मर्यादाको ख्याल गर्न र सभामुखको गरिमाको ख्याल गर्न सम्झाएका छन ।





