काठमाण्डौं । नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले माधव नेपालले दर्ता गरेको नेकपा एकिकृत समाजवादी पार्टी प्रवेश गर्ने घोषणा गरेका छन । उनले एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएर माधव नेपालको पार्टी प्रवेश गर्ने वताएका हुन । तर,माधवको पार्टी प्रवेश गर्नु अघि भने एमालेको उपाध्यक्ष भएकोले अहिले एमालेमै रहेको उनले जानकारी दिएका छन । उनको सचिवालयले आइतवार वामदेव गौतम एमाले मै रहेको बक्तब्य जारी गरेपछि अन्योलता थपिएको थियो । तर,उनले पछि अहिले एमाले मै रहेको र अब माधवको पार्टी प्रवेश गर्ने प्रष्ट पारेका छन ।
नेता गौतमले एमालेमा रहेपनि २ बर्ष देखि पार्टी अध्यक्ष केपी ओलीलाइ कुनै सहयोग नगरको वताएका छन । नेता गौतमले एमाले मै रहेकोले पार्टी नीति विपरित अध्यक्षकै विरोधमा सडकमा जाने,विरोध गर्ने,नारा लगाउने काम ठिक नभएकोले आफु चुप लागेर वसेको उनको भनाइ छ । उनले अब कहिले माधवको पार्टी प्रवेश गर्ने भन्ने चाहि खुलाएका छैनन । तर उनले भनेका छन–ओलीले पार्टी चलाउनै सक्दैनन । उनीबाट हुन्न । अब एमाले छाडछु । र,अहिले एमाले एकता हुदा पनि हुदैन । फुटिसकेपछि एकता हुन्छ ।र,म माधवको पार्टीमा जाने भनेर घोषणा गरिसकें,तर गएको छैन ।




