काठमाडौँ । माधवकुमार नेपालको नयाँ पार्टीमा नगएका नेताहरु अध्यक्ष केपी ओलीसँग वार्ता गर्न उनको निवास बालकोट पुगेका छन्।
एमाले नेता माधव नेपाललाई साथ नदिएका नेताहरु ओलीसँग निर्णायक वार्ता गर्ने भन्दै उनको निवास बालकोट पुगेका हुन्।
१० बुँदे कार्यान्वयनको विषयमा छलफल गर्न भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरु बालकोट पुगेका हुन् ।
उनीहरुले एमाले एकताका लागि १० बुँदे सहमति पालना नगरे आफूहरुले पनि विद्रोह गर्ने चेतावनी दिएर वक्तव्य जारी गरेका थिए।




