राजनीति

एमालेका १० भाइले अल्टिमेटम दिएको आज अन्तिम दिन, ओलीले गरे बेवास्ता

काठमाडौं । पार्टी एकता राख्न एमालेका १० जना स्थायी समिति सदस्यले अल्टिमेटम दिएको आज अन्तिम दिन ।

भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टले पार्टी अध्यक्ष केपी ओलीलाई सम्बोधन गर्दै पाँच दिनभित्र सहमति कार्यान्वयन गर्न अल्टिमेटम दिएका थिए । आज दिनभरि कुनै सहमति नभए मंगलबारदेखि कडा कदम चाल्ने उनीहरूको चेतावनी थियो ।

तर, एमालेको संस्थापन पक्षले १० भाइको अल्टिमेटमको बेवास्ता गरेको छ । पार्टी अध्यक्ष ओलीले फेरि पनि गुटबन्दी गर्ने छुट कसैलाई नभएको भन्दै उनीहरूको अल्टिमेटम नमान्ने संकेत गरेका छन् ।

सोमबार बिहान सगरमाथा टेलिभिजनसँगको अन्तरर्वातामा ओलीले माधव नेपाललाई एमालेमा ठाउँ नभएको र १० भाइको गुटबन्दी पनि स्वीकार्य नहुने बताएका हुन् । उनको यो भनाइले माधव नेपाल निकट १० स्थायी समिति सदस्य अप्ठेरोमा परेका छन् । कि त अब उनीहरू चुपचाप ओलीको निर्देशन मान्दै एमालेमै बस्नुपर्ने कि त माधव नेपालको एकीकृत समाजवादी पार्टीमा जानुपर्ने अवस्था आएको छ ।

उनीहरूले ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गर्न, १४ सांसदमाथिको कारबाही फिर्ता लिन र निर्वाचन आयोगमा दर्ता भएको पार्टी फिर्ता लिनुपर्ने माग अघि सारेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *