समाचार

अविरल वर्षापछि पोखरामा सडक भासिन थाल्यो

पोखरा । गए रातीदेखि परेको अविरल वर्षाका कारण पोखराको महेन्द्र पुलमा सडक भासिएको छ । जमिन भासिए पछि थप क्षेत्री नहोस् भन्दै नेपाल प्रहरी कास्कीले भासिएको ठाउँ वरिपरि सतर्कता अपनाएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

भासिएको स्थान सर्वसाधारण हिँड्ने फुटपाथमा अहिले हिँड्न रोक लगाएको छ । दिउसो मात्रै पोखरा महानगरपालीकासगँ आवश्यक समन्वय गरेर भासिएको जमिन पुर्ने हमालले जानकारी दिए । आइतबार साँझदेखि परेको वर्षाका कारण सडक भासिएको हो ।

महेन्द्रपुलस्थित सेलवेज गेटपारी गरिमा विकास बैङ्क अगाडी सडक भासिएको छ । वर्षाका कारण पोखराका विभिन्न क्षेत्रमा पटक पटक जमिन भासिने गरेका छन् ।कास्कीमा अविरल वर्षापछि पहिरो र बाढी आउन सक्ने भन्दै सचेत रहन मौसम विभागले आग्रह समेत गरेको छ ।
केन्द्रले आसपासका क्षेत्रका साना खोलामा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान रहेकोले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *