राजनीति

क्रियाशिल सदस्यताको विवरण सोमबार सभापति देउवालाई बुझाउने

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशिल सदस्यता विवाद लगभग समाधान भएको छ ।

विवाद समाधानका लागि कांग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वमा केन्द्रीय सदस्यहरु डाक्टर मिनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मा दिएको थियो ।

जुन समितिले आज सदस्यताको विवरण सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने तयारी गरेको थियो । तर केही विषयमा सहमति हुन बाँकी रहेपछि आज बुझाउने भनिएको प्रतिवेदन सोमबार मात्रै बुझाउने तयारी भएको नेता रमेश लेखकले जानकारी दिए । उनले भने,‘अहिले पनि हामी बैठक बसिरहेका छौं । आज बुझाउन सम्भव भएन । अब भोलि बुझाउँछौं ।’

समितिले विवाद भएका जिल्लामा पुरानै महाधिवेशन प्रतिनिधि राखेर १४ औं महाधिवेशनको प्रक्रिया शुरु गर्ने तयारी गरेको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *