लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशसभा सचिवालयले भन्यो : ‘सांसद शाही र वलीलाई पदमुक्त गर्न मिल्दैन’ (पत्रसहित)

काठमाडौँ । नेकपा एमालेले लुम्बिनी प्रदेशको गठबन्धन सरकारलाई सघाएको भन्दै दुई जना सांसदलाई गरेको कारबाही प्रक्रियालाई प्रदेशसभा सचिवालयले कार्यान्वयन गर्न अस्विकार गरेको छ ।

प्रदेशसभा सचिवालयले एमालेलाई पत्र लेख्दै सांसदद्वय अजय शाही र विमला वली खत्रीलाई पदमुक्त गर्ने आधार नभएको भन्दै कारबाही प्रक्रिया कार्यान्वयन हुन नसक्ने जानकारी दिएको हो ।

आफूले पत्र पठाएर कारबाहीसम्बन्धी विवरण जानकारी गराए पनि उनीहरुलाई पदमुक्त गरेको सूचना प्रदेशसभा बैठकमा सभामुखले जानकारी नगराएको भन्दै एमालेले दुई दिनसम्म प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *