रिबन

यसरी मनाइदै छ रक्षाबन्धन,देशभरका मन्दिरहरूमा भक्तजनको घुइँचो (फोटो फिचर)

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

मध्यपुर थिमि–७ स्थित विसंतकी (शिलेश्वर) महादेव मन्दिरमा जनै पूर्णिमाका दिन पूजाआजा गर्दै भक्तजन । गोसाइँकुण्डको पानी यहाँ रहेको कुण्डमा आउने विश्वास गरिन्छ । गोसाइँकुण्डमा जान नसक्नेले यस कुण्डमा स्नान गरेमा गोसाइँकुण्ड पुगेसरह फल प्राप्ति हुने धार्मिक विश्वास रहिआएको छ । तस्बिर : रत्न श्रेष्ठ/ रासस

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

मध्यपुर थिमि–७ स्थित विसंतकी (शिलेश्वर) महादेव मन्दिरमा जनै पूर्णिमाका दिन पूजाआजा गर्दै भक्तजन । गोसाइँकुण्डको पानी यहाँ रहेको कुण्डमा आउने विश्वास गरिन्छ । गोसाइँकुण्डमा जान नसक्नेले यस कुण्डमा स्नान गरेमा गोसाइँकुण्ड पुगेसरह फल प्राप्ति हुने धार्मिक विश्वास रहिआएको छ । तस्बिर : रत्न श्रेष्ठ/ रासस

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

देशका विभन्न ठाउमा रक्षा बन्धन मनाइदै गरेका केहि तस्बीरहरु:

कोरोना भाइरसका कारण बङ्गलामुखी मन्दिरको मुख्य द्वार नखुलेपछि मन्दिर अगाडिको धारा छेउमा पुरोहितबाट जनै तथा डोरो बाध्दै सर्वसाधारण । तस्बिर :प्रदीपराज वन्त/रासस
जनैपूूर्णिमाका अवसरमा आइतबार ललितपुुरको बङ्गलामुुखी कुुम्भेश्वर महादेव मन्दिर परिसरमा रक्षा बन्धन लगाउँदै युवा । तस्बिर : चन्द्रकला क्षेत्री/रासस
जनैपूूर्णिमाका अवसरमा आइतबार ललितपुुरको बङ्गलामुुखी कुुम्भेश्वर महादेव मन्दिर परिसरमा पण्डितसँग टीका लगाउँदै युवती । तस्बिर : चन्द्रकला क्षेत्री/रासस
जनैपूूर्णिमाका अवसरमा आइतबार ललितपुुरको बङ्गलामुुखी कुुम्भेश्वर महादेव मन्दिर परिसरमा रक्षा बन्धन लगाउँदै युवक । तस्बिर : चन्द्रकला क्षेत्री/रासस
ललितपुरको बङ्गलामुखी मन्दिर परिसरमा बिक्रीका लागि राखिएको कानमा लगाउने झुम्का किन्दै युवती । तस्बिर :प्रदीपराज वन्त/रासस
जनै पूर्णिमाका दिन आइतबार बङ्गलामुखी मन्दिर परिसरमा भक्तजनलाई डोरो बाध्दै पुरोहित । तस्बिर :प्रदीपराज वन्त/रासस
जनै पूर्णिमाका दिन आइतबार ललितपुरको बङ्गलामुखी मन्दिर परिसरमा पुरोहितबाट जनै लगाउँदै युवा । तस्बिर :प्रदीपराज वन्त/रासस
ललितपुरको बङ्गलामुखी मन्दिर परिसरमा आइतबार डोरो बाध्दै युवती । कोरोना महामारीका कारण मन्दिरको प्रवेश द्वार बन्द गरिएको छ । तस्बिर :प्रदीपराज वन्त/रासस
जनै पूर्णिमाक दिन आइतबार बङ्गलामुखी मन्दिर परिसरमा जनै तथा डोरो बाध्न आइपुगेका नागरिक । कोरोना महामारीका कारण मन्दिरको प्रवेश द्वार बन्द गरिएको छ । तस्बिर :प्रदीपराज वन्त/रासस
जनैपूर्णिमाको अवसरमा ब्राह्मण समाज नेपाल तनहुँले आइतबार दमौलीमा आयोजना गरेको सामूहिक रक्षाबन्धन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य डोबाटे विकलाई धागो बाँधिदिँदै समाजका केन्द्रीय सदस्य उपेन्द्र लम्साल । तस्वीर : कृष्ण न्यौपाने/रासस
जनैपूर्णिमाको अवसरमा ब्राह्मण समाज नेपाल तनहुँले आइतबार दमौलीमा आयोजना गरेको सामूहिक रक्षाबन्धन कार्यक्रममा सर्वसाधारणलाई धागो बाँध्दै समाजका केन्द्रीय सदस्य उपेन्द्र लम्साल । तस्वीर : कृष्ण न्यौपाने/रासस
ललितपुुरको बङ्गलामुुखी कुुम्भेश्वर महादेव मन्दिर परिसरमा जनै तथा रक्षाबन्धन लगाउनु अघि स्नान गर्दै भक्तजन । तस्बिर : चन्द्रकला क्षेत्री/रासस
मध्यपुर थिमि–७ स्थित विसंतकी (शिलेश्वर) महादेव मन्दिरमा जनै पूर्णिमाका दिन पूजाआजा गर्दै भक्तजन । गोसाइँकुण्डको पानी यहाँ रहेको कुण्डमा आउने विश्वास गरिन्छ । गोसाइँकुण्डमा जान नसक्नेले यस कुण्डमा स्नान गरेमा गोसाइँकुण्ड पुगेसरह फल प्राप्ति हुने धार्मिक विश्वास रहिआएको छ । तस्बिर : रत्न श्रेष्ठ/ रासस
मध्यपुर थिमि–७ स्थित विसंतकी (शिलेश्वर) महादेव मन्दिरमा जनै पूर्णिमाका दिन पूजाआजा गर्दै भक्तजन । गोसाइँकुण्डको पानी यहाँ रहेको कुण्डमा आउने विश्वास गरिन्छ । गोसाइँकुण्डमा जान नसक्नेले यस कुण्डमा स्नान गरेमा गोसाइँकुण्ड पुगेसरह फल प्राप्ति हुने धार्मिक विश्वास रहिआएको छ । तस्बिर : रत्न श्रेष्ठ/ रासस

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *