रिबन

प्रचण्डलाई रातभर ज्वराे,भेटघाट बन्द

काठमाण्डाैं । नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको स्वास्थ्यमा समस्या देखिएको छ। उनको निजी सचिवालयका अनुसार प्रचण्डलाई रुघाखोकी सँगसँगै ज्वरो पनि आएको छ।

प्रचण्डकी छोरी गंगा दाहालले सामाजिक संजाल मार्फत प्रचण्डको स्वास्थ्य अवस्था बारे जानकारी गराएकी छन् । प्रचण्डलाई रुघाखोकी सँगसँगै ज्वरो आएपनि कोरोना परिक्षण भने नेगेटिभ आएको दाहालको भनाई छ। देश विदेशबाट धेरै साथीहरुले अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यबारे बुझ्न खोज्नुभएको छ। अध्यक्षलाई सामान्य रुघा खोकी र ज्वरो आएको हो। कोभिड परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएसँगै अहिले अवस्था सामान्य छ, दाहालले फेसबुकमा लेखेकी छन्।


बिहिबार बेलुकादेखि अध्यक्ष प्रचण्डलाई असजिलो भएका कारण घरमै आराम गरेर बसेको उनको सचिवालयले जानकारी दिएको छ । अहिलेका लागि सबै भेटघाट बन्द गरिएको उनको सचिवालयले जानकारी दिएकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *