काठमाण्डाैं । शिक्षा मन्त्री हुदा समेत अनेक थरि कुरा वाेलेर विवादमा परिरहेका एमाले नेता कृष्णगाेपाल श्रेष्ठले पार्टीका वरिष्ठ नेता माधव नेपाललाइ कडा शब्द प्रहार गरेका छन।
उनले राजधानीमा भएकाे कार्यक्रममा वाेल्दै माधव नेपलालाइ विषालु सर्प भनेका छन।उनले उनी पार्टी छाडेर गएकाेले अब एमाले सवल र सफल हुने वताएका छन।नेता श्रेष्ठले माधव नेपाललाइ मात्र हाेइन,अघिल्ला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ पनि कडा वचन वाेलेका छन।
उनले प्रचण्डलाई मान्छे नमारि खाएकाे समेत नपच्ने मानिस भनेका छन।उनले भनेका छन-मान्छेको हत्या नगरी भातसमेत नरुच्ने मान्छेलाई पार्टी अध्यक्ष स्वीकार्ने काम भयो, त्यो गलत थियो ।प्रचण्ड एमालेसंग एकता गरेर वनेकाे नेकपाकाे अध्यक्ष हुनु गलत भएकाे उनकाे ठम्याइ छ।




