राजनीति

माओवादी अध्यक्ष प्रचण्ड अस्वस्थ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका छन् । केहि दिनदेखि अध्यक्ष प्रचण्डलाई असजिलो भएका कारण घरमै आराम गरेर बसेको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रचण्डको सचिवालयले प्रचण्डलाई सामान्य रुघा खोकी र ज्वरो आएको, कोभिड टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएसंगै अहिले अवश्था सामान्य रहेको जानकारी दिएको छ ।

प्रचण्डको सचिवालयले भनेको छ- ‘देश विदेशबाट धेरै साथीहरुले श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यको बारेमा बुझ्न खोज्नुभएको छ । अध्यक्षलाई सामान्य रुघा खोकी र ज्वरो आएको, कोभिड टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएसंगै अहिले अवश्था सामान्य रहेको छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *