१,
व्यस्त जीवन
टाल्टुले सस्कृति
गुमेको पहिचान ।
बुझ्नु पर्दछ
आ-आफ्नो जिम्मेवारी
बन्दै कर्तव्यनिष्ट ।
२,
नाङ्गो बनेर
निथ्रुक्क भिजिदिँदा
घुसेको चिसो वैरी ।
घमण्डी मन
गुमेको इज्जतले
नैतिक सङ्कटमा ।
३,
बाफिलो मन
आगो बनेर नै
युद्धमा होमिएको।
न्यास्रो लागेर
नजिक बन्न खोज्दा
पराइ अनुभूति ।
४,
दु:ख पर्दामा
खसालिदिन्छौँ आँसु
मनलाई सान्त्वना ।
चिन्ताले ग्रस्त
जिन्दगी व्यर्थ लाग्ने
रातदिन उज्यालो ।
५,
प्रतिस्पर्धामा
कोरेको वारपार
विभाजनको रेखा ।
युद्धभूमिमा
जितिने मनोच्छा
घोडा बन्दै दौडेको ।
६,
सान्त समय
पड्क्यो गोलाबारुद
सम्झन पुगेँ बुद्ध ।
सादा जीवन
जिस्क्याउँछ स्वार्थले
नचुकेको अडान ।
७,
कुवाको पानी
पिउन खोज्दा खोज्दै
सुकिसकेको मूल ।
वैँशको बेला
यौवन साट्ने मन
डर पस्यो आफैँमा ।
८,
मनमा चिसो
द्वन्द्वको भुमरीमा
रुमल्लिँदै जीवन ।
शान्त बनेर
बसेको मिलिजुली
भागेछ रिसराग ।
९,
नियत थोत्रो
बिर्सेको सम्झनाले
माया जाग्दै उत्रेको ।
दिल खोलेर
सोचाइ फराकिलो
जोडिएको भावना ।




