कला/साहित्य

अघुरो फूलको जीवन

आकाशका अनगिन्ती ताराहरू हेरेर
दौंतरी गाँस्तै जिउने इच्छा थियो वयस्क थुँगाको
तर भेट गर्न भ्याएन दिनभरि
जतिसुकै मुस्कान बोके पनि साथमा
जति सुन्दरता पोखे पनि रात विरातमा
साँझपख दोहोरो हेराहेरमा
पुलकित हुने मन थियो उसको आँतमा
तर भ्याएन ऊ प्रियतम हुन
धर्तीको सुन्दर काखमा
सम्साँझै बिस्तारा खोजेर
दिनभरि थाकेको दिन
घुप्लुक्क निदाएझैं लाग्यो
किन हो किन अँध्यारोभित्र
एउटा दिन गायब भएझैं लाग्यो ।
शीत खसालेर पिलपिलाउँदै
बिताएको छ उसले एउटा रात
सङ्गीत हुन सक्तैन किन उसको प्रयास ?
स्पन्दनमा ढुकढुकाउन सकेन किन उसको आस ?
सुवासना र सुन्दरता ठम्याउँदै
छामछाम छुमछुमको भरमा
समाल्न आइपुगेझैँ लाग्छ
आकाशदेखि खसेर जुन
थोरबहुत मोहनीमा लठ्ठिएझंै लाग्छ
अतृप्त प्यासमा जलिरहेछ एक्लोपन
काँढाहरू बीचको अधुरो फूलको जीवन ।

*                 *                 *

मादी न.पा.– ६, सङ्खुवासभा,हालः लोकन्थली, भक्तपुर

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *