राजनीति

अेालीलाई माधव समूह त्याग्नेहरूले दिए दुई दिने अल्टिमेटम, विद्राेहकाे चेतावनी

काठमाण्डाैं। माधव कुमार नेपाल समुह त्यागेका ९ जना स्थायी कमिटीका सदस्यहरूले एमाले अध्यक्ष केपी अेालीलाई कडा चेतावनी दिएका छन। बिहीवार दस वुँदे सहमति कार्यान्वयन गर्न भनेका यी नेताहरूले शुक्रबार केन्द्रीय सदस्यहरूसँग पनि छलफल गरेका छन। याे छलफलपछि उनीहरूले अब लामाे समय नभएकाे भन्दै सहमतिकाे लागि दश बुँदे कार्यान्वयन गर्न,०७५ जेठ २ काे स्थायी कमिटी डाक्न भनेका छन।यदि नेकपा एमाले अध्यक्ष केपी अेालीले यी कुरा नमाने बिद्राेह गर्न चेतावनी याे समुहले दिएकाे छ।

नेकपा एमाले जाेगाउने भन्दै माधव नेपाल पट्टि लागे पनि नयाँ दल गठनमा असहमति प्रकट गरेका उनीहरूले अध्यक्ष केपी अेालीलाई एकताकाे लागि अझै लचकदारहुने अल्टिमेटम दिएका हुन। याे समुहले माधव नेपाललाई नयाँ दल गठनकाे प्रक्रिया थप अघि नवढाउन र अेालीलाई ०७५साले जेठ २मा फर्कन दवाब दिने हेतुले याे अभियान चलाएकाे हाे ।

माधव नेपाल पट्टि रहेर पनि अहिले अलग दल गठनमा असहमति प्रकट गरेका युवा नेता मध्येका एक ठाकुर गैरेले विभाजनमा गए एमाले वर्वाद हुने बताएका छन। उनले एकताकाे कुनै विकल्प नहुने बताएका छन। शुक्रबारकाे भेलामा ५७ जना केन्द्रीय समिति सदस्य पनि भेला भएकाे बताइएकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *