रिबन

माधव-महन्थ दुवैको दलको नाम परिवर्तन,माधवले राखे ‘नेकपा एकिकृत समाजवादी’

काठमाण्डौं । निर्वाचन आयोगले एकै दिन फुटेका एमाले र जसपाका दुइ विचार समुहलाइ उनीहरुले मागेको नाम दिन अस्विकार गरेको छ । माधव नेपालले एमाले समाजवादी र महन्थले जसपा समाजवादी नाम मागेका थिए । तर शुक्रवार निर्वाचन आयोगले दुवै दललाइ अर्को दलसंग नाम मिल्ने गरि नाम राखिएको भन्दै नाम परिवर्तन गर्न सुझाव दिएको थियो । यसपछि माधव नेपाल समुहले नेकपा एककिकृत समाजवादी नाम राखेको छ । यता महन्थ ठाकुरले भने लोकतान्त्रिक समाजवादी पार्टी भनेर नाम राखेको छ । संविधानसभा चुनावताका फुटेर वनेको यो दलले यसपटक भने पार्टीको नाउ राख्दा मधेश भन्ने शब्द कतै पनि जोडेको छैन ।

माधव नेपाल समुहले भने सुरुमै एमाले समाजवादी राख्न मानेको थिएन तर केपी ओली समुहलाइ चिढयाउनकै लागि भएपनि यो नाउ राखौं भनेपछि एमाले समाजवादी नाम राखिएको थियो । दुवै दलले शुक्रवार निर्वाचन आयोग पुगेर नयाँ नाम प्रस्ताव गरेका छन । अब आयोगले यसवारेमा थप छिनोफानो गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *