रिबन

सभामुख एमाले सांसदविच चर्काचर्की,बल प्रयोगको धम्की

काठमाण्डौं । माधव नेपाल समुहका १४ जना सांसदलाइ किन कारवाही नगरेको भनेर सभामुख अग्नि सापकोटाको च्याम्वरमा पुगेका एमाले सांसद र सभामुखविच चर्काचर्की भएको छ । सभामुखको च्याम्वरमा ठुलो जत्था सहित एमाले सांसद पुगेका थिए । उनीहरु त्यहाँ पुगेर धर्ना जस्तै दिएका थिए । लामो समय कुर्दा सभामुख नआएपछि उनीहरुले सभामुख सापकोटालाइ फोन सम्पर्क गरेका थिए । फोनमा उनीहरुविच लामो कुरा भयो । उनीहरुले एमालेले कारवाही गरेका माधव नेपाल देखि रामकुमारी झाक्रीसम्मका सांसदलाइ तुरुन्त कारवाही गरेको सुचना टाँस गर्न उनीहरुले माग गरे ।

यहि माग लिएर एमाले सांसद हिजो पनि सभामुखलाइ भेटन गएका थिए । उनीहरुले आज पनि यहि माग राखेपछि सभामुखले तपाइहरु कति अधैर्य भएको ? यसको आफनो प्रोसेस हुन्छ र म प्रक्रिया थालनी गर्छु भनेका थिए । तर एमाले सांसदहरुले भने कसैलाइ काखा कसैलाइ पाखा नगर्न चेतावनी दिए । उनीहरुले यसै गर्ने हो भने बल प्रयोग गर्छौं भने पछि सभामुख उत्तेजित भए । यसपछि चर्काचर्की नै भयो । सभामुखसंग चर्काचर्की नै परेको एमाले सचेतक शान्ता चौधरी वताएकी छिन । उनले थप भनिन–शान्ता चौधरी–उहाँ नै चर्को वोल्नुभयो । फोन मार्फत भए पनि म यथाशिघ्र गर्छु भन्नु भएको छ । भोलि पनि यस्तै गर्नुभयो भने हामी चुप लागेर वस्दैनौं । बल प्रयोग गर्छौं । तर बल प्रयोग भनेको उहाँहरु हिजो बल प्रयोग गरेर आएको,मारेर,काटेर आएको त्यही वुझनु हुदो रहेछ ।हामीले त्यस्तो भनेको होइन । हामी त्यसरी वुझदैनौं । वल भनेको धर्ना हुन सक्छ,प्रदर्शन हुनसक्छ । धेरै छन यसका उपाय । तर चुप वस्दैनौं ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *