काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशको प्रदेश प्रमुखमा संखुवासभाका यादवचन्द्र शर्मालाई नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको विहिबार गरेको निर्णय र प्रधानमन्त्रीको सिफारिसमा संविधानको धारा १६३ को उपधारा (२) बमोजिम शर्मालाई बागमती प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को निर्णय एवम् प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम बागमती प्रदेशका प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईलाई पदमुक्त गरेकी छन् ।





