काठमाण्डौं । माधव नेपाल समुहकी निष्ठावान महिला नेता मध्येकी एक अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्य मन्त्री भएकी छिन । राष्ट्रपति विद्यादेवी भण्डारी निकट डोरमणि पौडेललाइ राजीनामा दिन लगाएर उनको ठाउँमा शाक्यलाइ एमाले संसदीय दलको नेता अनि मुख्य मन्त्री वनाइएको हो । तर,पटक पटक उनलाइ मुख्यमन्त्री वनाउने प्रस्ताव गर्दा राजेन्द्र पाण्डे वा अरुलाइ नै वनाउनु भनेर पन्छिदै आएकी शाक्य अचानक एमाले फुटेकै दिन मुख्य मन्त्री वनिन । उनी मुख्यमन्त्री वनेपछि नेपालको एक मात्र महिला मुख्यमन्त्री भनेर वधाइ खाइरहेकी छिन । अब उनले तिन दिनभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत नपाए उनको सरकार ढल्नेछ । यसैकारण उनी कति दिनको मुख्य मन्त्री हो ? भनेर सवाल खडा भएको छ ।
प्रदेश ३ भनिने वागमती प्रदेशको ठुलो दल एमाले हो । तर,यसबाट एमाले विभाजित भएपछि उनको सरकार धरापमा पर्नेछ । माधव नेपालसंग मुख्यमन्त्री वन्न अनुमति लिएकी अष्टलक्ष्मीले अब विश्वासको मत लिन उनको पक्षधरको मत लिनुपर्छ । यदि माधव पक्षले मत दिएन भने उनको सरकार तूरुन्त ढल्नेछ । यदि शाक्य माधव नेपालतिर आइनन भने उनको सरकार ढल्नेछ । उनको सवैभन्दा छोटो समय सरकार वनाउने मुख्यमन्त्री हुनेछिन । तर,यदि माधवसमुहतिर आइन भने एमाले समाजवादी,माओवादी,कांग्रेससहितको समर्थनमा उनको सरकार कायम रहनेछ ।




