राजनीति

माधव नेपालमामाथिको कारबाही फिर्ता लिन भीम रावलसहित ९ नेताको सामुहिक अपील

काठमाडौं । नेकपा एमालेका माधवकुमार नेपाल समुहमा रहेका भनिएका ९ जना स्थायी कमिटि सदस्यहरुले पार्टी एकता जोगाउनका लागि वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुमाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका छन् ।

एमाले उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, र युवराज ज्ञवालीसहित उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई गोकर्ण विष्ट, अर्का सचिव भीम आचार्य, स्थायी कमिटि सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्तले पार्टी एकता जोगाउन अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई गरिएको कार्बाही फिर्ता लिन अपिल गरेका हुन् ।

उनीहरुले एकता जोगाउनका लागि वरिष्ठ नेता नेपालले निर्वाचन आयोगमा दर्ता गरेको नयाँ दल समेत नबनाउन अपिल गरेका छन् । सरकारले राजनीतिक दलविभाजन सजिलो हुने अध्यादेश जारी गर्नु असंवैधानिक रहेको भन्दै अध्यादेश समेत फिर्ता लिन उनीहरुले माग गरेका छन् ।

यस्तो छ अपील

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *