देश

दल परिवर्तन गर्न चाहने जनप्रतिनिधिका लागि निर्वाचन आयागले गर्‍याे यस्तो व्यवस्था

काठमाडौ । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी नियमावली संसोधन गरेर राजपत्रमा प्रकाशन भएको छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले समाजवादी पार्टी दर्ताको प्रक्रिया अघि बढाइसकेको अबस्थामा आयोगले राजनीतिक दलसमबन्धी नियमावली संसोधनको प्रक्रिया बुधबार नै शुरु गरेको थियो । बिहिबार भने संसोधनको प्रक्रिया सकाएर बिहीबार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको अनुमति दिएसँगै राजपत्रमा प्रकाशन भएको छ ।

राजनीतिक दलसमबन्धी अध्यादेशले दल विभाजन भएपछि प्रदेशसभा र स्थानीय तहका पदाधिकारीलाई दल परिवर्तन गर्नका लागि २१ दिनको समय दिने व्यवस्था गरेको थियो ।

त्यसैअनुसार निर्वाचन आयोगले नियमावली जारी गर्दै प्रदेश सभा र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई नयाँ दल रोज्न २१ दिनको समय दिएको छ । अब प्रदेशसभा सदस्यहरुले प्रदेश निर्वाचन कार्यालयमा प्रदेश निर्वाचन अधिकारीसमक्ष निवेदन दिइ सनाखत गर्नुपर्ने छ ।

यस्तै, स्थानीय तहका जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा जिल्ला निर्वाचन अधिकारीसमक्ष निवेदन दिइ सनाखत गर्नुपर्ने व्यवस्था लागू भएको छ ।

यस्तो छ नियमावली

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *