रिबन

ओलीको प्रवृत्तिलाई साथ दिन सकिँदैनः वामदेव गौतम

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्तिलाई साथ नदिन नसकिने बताएका छन् । गौतम आफै‌ले सुरु गरेको एकता अभियान कार्यक्रमको भेलालाई बिहीबार भर्चुअल सम्बोधन गर्दै अहिलेकै स्थितिमा ओली प्रवृत्तिलाई साथ नदिने बताए ।

यस्तै गौतमले ओलीको प्रवृत्तिले नेकपा छिन्नभिन्न भएको बताए । कार्यक्रममा उनले भने, ‘केपी ओलीको प्रवृत्तिले नेकपा छिन्नभिन्न भयो । एमालेको यस्तो हालत भयो। उनलाई साथ दिनु भनेको अझ उनको एक्लौटी निर्णय, निरकुंश र स्वेच्छाचारी व्यवहारलाई मलजल गर्नु जस्तै हो’ गौतमको भनाइ उदृत गर्दै एक नेताले भने, ‘त्यसैले एकता अभियानले केही दिनभित्रै निर्णय गरेर कित्ता स्पष्ट पार्छ।’

एकता अभियान बैठकमा गौतमले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिने संकेत गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *