काठमाण्डौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले सभामुख अग्नि सापकोटालाई माओवादी कार्यकर्ता भएको गम्भीर आरोप लगाएका छन । बिहीवार सम्वोधन गर्दै उनले सभामुख सापकोटालाई सभामुख हुन मन छ कि छैन भनेर कडा प्रश्न सोधेका छन ।
उनले भनेका छन–सभामुखको काम कसैले निष्कासन गर्छ भने तत्कालन सूचना जारी गर्ने हो । टोपवहादुर रायमाझी,लेखराजहरुलाई प्रचण्डको निर्देशनमा तत्काल निकाल्नु भएको थियो । अहिले तिन दिन देखि के हेरेर वस्नु भएको छ ? उहाँ के हेरेर वस्नु भएको छ ? सभामुख न्यायाधिश होइन । निष्कासन गरेको सुचना पाटीमा सूचना टास गर्नेसम्मको काम गर्ने हो ।
माओवादी कार्यकर्ता भएर एमाले फुटाउन लाग्ने हो ? उहाँले ठान्नु भएको होला उहाले सूचना नटासे सांसद कायम रहन्छ । अग्नि सापकोटालाई म सोध्न चाहन्छु, सभामुख चलाउनु छ कि छैन । निष्पक्षता अपनाउन सकिन्न भने सभामुख पद छाडे हुन्छ । पार्टीप्रति बफादार हुने हो र कार्यकर्ता भइरहने हो भने कार्यकर्ता हुने कि सभामुख हुने ? एक ठाउ राज्नुहोस ।




