राजनीति

माधवपक्ष पनि सरकारमा जाने,नयाँ दल बन्ने बित्तिकै मन्त्रीपरिषद बन्ने

काठमाण्डौं । एमाले विभाजन भएर बनेको माधव नेपाल नेतृत्वको नेकपा एमाले समाजवादी दल दर्ता हुने वित्तिकै मन्त्रीपरिषद विस्तार हुने भएको छ । बिहीवार मन्त्रीपरिषद विस्तारको सम्वन्धमा प्रधनमन्त्री शेरवहादुर देउवा,नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले समाजवादी अध्यक्ष माधव नेपालविच वालुवाटारमा भेट भएको छ । यो भेटमा मन्त्रीपरिषद विस्तार देखि नयाँ राजनीतिक कोर्षको बारेमा समेत छलफल भएको छ ।

भेटपछि भएको कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले माधव नेपाल नेतृत्वको दलले आधिकारिकता पाउदे वित्तिकै मन्त्रीपरिषद विस्तार हुने बताएका छन । उनले यसो भनेर माधव नेपाल पक्ष सरकारमा जाने कुरा निश्चित गरेका छन । तर,एमाले समाजवादी कहिले आधिकारिक रुपमा दर्ता हुनेछ भन्ने कुरा निर्वाचन आयोगमा भर पर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *