रिबन

माधव छाडेर ओलीतिर लागेपछि अष्टलक्ष्मी भइन मुख्यमन्त्री

काठमाडौं । माधव नेपाल समुहमा रहेकी अष्टलक्ष्मी शाक्य वाग्मती प्रदेशको मुख्यमन्त्री भएकी छिन। बुधवार नै एमाले फुटेर एमाले समाजवादी हुँदा उनी कित्ता फेरेर केपी अ‍ोलीपट्टि लागेकी थिइन । बुधवार नै उनी एमाले वागमती प्रदेशको संसदीय दलको नेता भइन भने साँझ मुख्यमन्त्रीको सपथ समेत लिइन । यसपछि शाक्य र उनका पति अमृत वोहरा केपी अ‍ोली पट्टि लागेका छन।

प्रदेश गठन भए देखि नै उनी वाग्मती प्रदेशको मुख्यमन्त्री हुन चाहेकी थिइन । उनलाई मुख्यमन्त्री बनाउन भनेर माधव नेपालले धेरै पटक मेहनत समेत गरेका थिए । यहि कारण माधव र केपीको मनमुटाव समेत भयो । राष्ट्रपति विधादेवी भण्डारीसँग फरक मत राखेर हिंडेकी शाक्य यसैकारण मुखयमन्त्री हुनबाट वञ्चित भएकी थिइन । तर पार्टी फुटने भएपछि माधव पक्षका नेतालाई स्थान दिन केपी ओलीले बुधवार उनलाई मुख्यमन्त्री बनाएका हुन ।

मुख्यमन्त्री बनेपछि उनले आफु कहिल्यै पनि फुटको पक्षमा नलागेको बताएकी छिन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *