काठमाण्डौं । माधव नेपाल समुहमा रहेका नेता घनश्याम भुषाल वानेश्वर पुगे । नेपाल समुह अलग दल निर्माणको तयारीमा जुटिसकेको थियो । यतिञ्जेल नेपाल समुहका कुनै पनि स्थायी कमिटी सदस्य वानेश्वरको अर्याल होटल पुगेका थिएनन । उनीहरु नगएका मात्र होइन,माधव नेपालसँग सामान्य सम्पर्कमा समेत रहेका थिएनन । तर,अचानक भुषाल पुगे । उनी पुगेर एकछिन नेताहरुसंग सामान्य वार्तालाप गरे । उनले अलग दल गठनको बारेमा खास चासो दिएनन । र,यसमा भाग पनि लिएनन । तर,नेपाल समुहले के के गर्दैछन भन्ने जानकारी भने लिए । यसपछि उनी अचानक यो प्रक्रिया ठिक नभएको भन्दै बाहिरिन खोजे ।
उनले हिंडने बेलामा नेताहरुसंग भने–ल अब म केपी ओलीतिर हिँडे । यसपछि न उनी आए न उनको कल आयो । उनी दिनभर गायव भए । माधव नेपाल समूहमा नेता भुषाल मात्र होइन,स्थायी कमिटीका कोही पनि सदस्य गएनन । कतिसम्म भने युवराज ज्ञवाली समेत गएनन । उनले विभाजनको पक्षमा आफू नरहेको स्पष्ट पारेका छन अनि सांसद निलम्वन गर्नु पनि गलत भएको बताएर बीचमा रहेको सन्देश दिएका छन ।
अन्य नेताहरु सुरेन्द्र पाण्डे,भीम रावल,गोकर्ण विष्ट पनि नेपाल समुहको भेलामा गएनन ।




