राजनीति

माधव नेपालको पार्टीमा भीम, गोकर्ण, सुरेन्द्र र योगेश नजाने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले गठन गर्ने नयाँ पार्टीमा स्थायी कमिटी सदस्यहरु नै सहभागी नहुने भएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीति दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेलगत्तै माधव समूह नयाँ दल दर्ताको लागि जुटेको छ ।

माधव समूहले नयाँ पार्टीको नाम र चुनाव चिह्न पनि टुंगो लगाइसकेको बताइएको छ । त्यस्तै प्रस्तावित पार्टीको विधान र संरचना समेत तयार भइसकेको बताइएको छ ।

तर, माधव समूहमा खुलेका चार जना स्थायी कमिटी सदस्य भने नयाँ पार्टीमा सहभागी नहुने भएका छन् । उपाध्यक्ष भीम रावल, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराई तथा सुरेन्द्र पाण्डे माधव नेपालले गठन गर्ने नयाँ पार्टीमा सहभागी नहुने भएका हुन् ।

राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरण गरेलगत्तै माधव समूहको सांसद र केन्द्रीय सदस्य बानेश्वरस्थित अर्याल होटलमा भेला भएको छ । उक्त भेलामा पनि रावल, भट्टराई, पाण्डे र विष्ट सहभागी छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *