काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी सिफारिस गरेको दुई अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले तत्काल जारी नगर्ने भएकी छन् । यस विषयमा राष्ट्रपति भण्डारीले परामर्श सुरु गरेकी छन् ।
राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ टीका ढकालका अनुसार राष्ट्रपति कार्यालयमा अध्यादेश पुगेको र त्यो परामर्शका क्रममा रहेको छ ।
‘अहिले परामर्शको क्रममै छ। उचित समयमा जारी हुनेछ’, ढकालले भने । सरकारले मंगलबारको मन्त्रिपरिषद् बैठकबाट अध्यादेश जारी गर्ने निर्णय गरेको हो ।
त्यसलगत्तै उक्त अध्यादेशको मस्यौदा राष्ट्रपति कार्यालय पठाइएको थियो ।




